माओवादीमा प्रवेश गर्नेको ओइरो
कास्की | बैशाख २३, २०७९
पोखरा: पोखरा महानगरपालिका १८ का २ सय भन्दा बढि कार्याकता माओवादीमा प्रवेश गरेका छन् । फेवातलको छेउमा रहेको जलारी बस्ती र सेदीका स्थानीयले पार्टी प्रवेश गरेका हुन् ।
सो अवसमा बोल्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य राजकाजी गुरुङले भुमी बिहिनको समस्या माओवादी भन्दा अन्य पार्टीले समाधान गर्न नसक्ने दाबी गरे । जनातको समस्यासँग जोडिएको एकमात्र पार्टी माओावदी केन्द्र रहेको गुरुङले उल्लेख गरे ।
उनले सिंहदरबार गाउँगाउँमा ल्याएको बताउदै माओवादीको जनआन्दोलनले नै जनताको छोरा छोरी नीति बनाउने ठाउँमा पुगेको गुरुङले बताए । राजनीतिक व्यवस्था परिवर्तन भएको उल्लेख गर्दै उनले अब जनताको जिवन परिवर्तन गर्नुपर्ने धारणा राखे ।
अहिलेसम्म पोखरा १८ मा भु–माफियाले फाइदा लिएको जनप्रतिनिधिले जित्ने जानताको सेवा गर्नुपर्ने ठाउँमा आफ्नो स्वार्थमा भुुलेको भन्दै माओवादीको योजना नै प्रत्येक सुकुम्बासीको बासस्थानको ग्यारेन्टी गर्ने सिद्धान्त रहेको बताए । पोखरा १८ मा माओवादीको जति राम्रो योजना भएको, बिकास प्रेमी उम्मेदवार अन्य पार्टीमा नरहेको गुरुङले जानकारी दिए ।

माओवादी केन्द्रबाट पोखरा १८ मा वडा अध्यक्षको उम्मेदवारी दिएका राजु शर्मा तिमिल्सिनाले विगत ३६ वर्ष देखि भोट दिएर जिताएको पार्टीले अहिलेसम्म जनताको समस्या समाधान गर्न तर्फ नलागेको बताए ।
उनीहरुले पहिला पनि जनतालाई झुकाएको जसरी अहिले पनि झुटो सपना बाडेर झुक्काउन खोजेको दावी गरे । माओवादीको जनप्रतिनिधी नभएको कारण गरिब, दुखी, दलित, जनजातिको समस्या समाधान नभएको तिमिल्सनाले सुनाए ।
अहिले पनि माओवादीले हारे उत्तपिडित वर्ग हार्ने जानकारी दिदै माओवादीले जिते जनताको सत्ता स्थापना हुने भन्दै माओवादीलाई जिताउन अनुरोध गरे ।
कहिले फेवातालमा जाली नभएको कारण मस्य व्यवसाय धरापमा परेको, कहिले खानेपानी र बिजुली जस्ता अत्यावस्थक सेवाबाट बञ्चित हुनुपरेको थियो । यस्ता समस्याको समाधान माओवादीको सरकारले मात्र गर्न सक्ने जानकारी दिए ।
पोखरा १८ निर्वाचन कमिटिका संयोजक टिकाराम तिमिल्सिनाले माओवादीको आन्दोलनले गरिव निमुखा दलित र जनजातिलाई फाईदा पुगेको बताए ।
पोखरा १८ का दलित अगुवा कार्याकर्ता लक्ष्मण परियारले गरिबको पार्टीलाई जिताएर सामान्तिको अन्तय गर्नुपर्ने धारणा राखे ।
यसैगरी माओवादी केन्द्र पोखरा महानगर कमिटी सदस्य हरि भण्डारीले जलारी समुदायलाई चुनावको समयमा प्रयोग गरेर अन्य समयमा हेप्ने र चेप्ने समस्या रहेको भन्दै माओवादीले जितेमा यस्ता समस्या नहुने जानकारी दिए ।
युवा व्यवासायी तथा माओवादी केन्द्रका नेता युवराज खतिवडाले पोखरा १८ मा ३ टिमको प्रतिप्रधा रहेको जानकारी दिदै राजु तिमिल्सिनाले सार्वजनिक पदमा नबसे पनि आफ्नो ठाउँको विकास गरेको कारण वडामा विकासको लागि राजु तिमिल्सिनाको महत्व अपरिहार्य रहेको बताए ।
पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार गनेस पौडेलले घरदैलो केन्द्रित संवाद यात्रा अभियानलाई निरन्तरता दिएका छन्। यसअन्तर्गत विहिब...
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सहारा क्लब हङकङका अध्यक्ष सरोज गुरुङ (खम) ले आर्थिक सहयोग गरेका छन् । नेपाल...
पोखराको फेवातालमा कार खस्दा एक युवकको मृत्यु भएको छ। शनिबार बिहान पोखरा महानगरपालिका–६ पामेस्थित गैराकोचौतरा नजिकै कार अनियन्त्रित भई तालमा खस्दा चालकको ज्यान गएको हो। मृत्य...

